एसईईको नतिजा सार्वजनिक
२१ असार २०८०, बिहिवार
राम्रो पोष्ट



काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै नतिजा प्रकाशन गरेको जानकारी दिए ।
बोर्डले यसपालि अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार ४६१ परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।
०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।