टोकियोमा नेपाली समुदायद्वारा ‘कालो दिन Gen–Z आन्दोलनमा एक्यवद्धता तथा श्रद्धाञ्जली सभा हुँदै

२४ भदौ २०८२, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२४ भदौ २०८२, मङ्गलवार

टोकियो । सोमबार नेपालमा उदीयमान युवा पुस्ता Gen–Z  ले सुरु गरेको आन्दोलनमा भएको निर्मम दमन र पीडादायक घटनाप्रति ऐक्यवद्धता जनाउन जापानमा बसोबास गर्ने नेपालीहरूले श्रद्धाञ्जली सभा गर्ने भएका छन् ।

“कालो दिनः Gen–Z आन्दोलनमा एक्यवद्धता तथा श्रद्धाञ्जली सभा“ नाम दिइएको सो कार्यक्रम सेप्टेम्बर ९, २०२५ (मंगलबार) बेलुकी ६ बजे टोकियोको नाकानो जीरो हलमा आयोजना हुने जनाइएको छ।

आयोजकहरूले सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भएर लोकतान्त्रिक मूल्य, मानव अधिकार र नेपालको वर्तमान घटनाप्रति आवाज बुलन्द गर्न हार्दिक आह्वान गरेका छन् ।

सभामा सहभागी हुँदै विदेशमा रहेका नेपालीहरूले मातृभूमिप्रतिको जिम्मेवारी र नागरिक चेतना प्रकट गर्ने आयोजकहरूको विश्वास छ ।

.