एभरेष्ट इन्टरनेशनल स्कूल जापान, आराकावा क्याम्पसमा राधिकादेवी (दासी) को प्रवचन कार्यक्रम

२७ भदौ २०८२, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
२७ भदौ २०८२, शुक्रवार

टोकियो । एभरेष्ट इन्टरनेशनल स्कूल, जापान आराकावा क्याम्पसमा सेप्टेम्बर १३ तारिख शनिबार राधिकादेवी (दासी) द्वारा प्रवचन कार्यक्रम हुने भएको छ ।

“धर्मबाट मार्ग, शिक्षाबाट प्रकाश, शान्तिबाट भविष्य” भन्ने नारासहित आयोजना गरिएको उक्त प्रवचन कार्यक्रममा धर्म, शिक्षा र समाजमा शान्तिको भूमिका विषयमा विशेष प्रवचन हुने आयोजकले जनाएका छन् ।

कार्यक्रम शनिबार दिउँसो २ बजे आराकावा–कु, आराकावा ८–१२–३ मा रहेको एभरेष्ट इन्टरनेशनल स्कूल, टोकियो नजिकैको माचिया स्टेशन नजिक आयोजना हुनेछ ।

कार्यक्रमका लागि सम्पर्क नम्बरहरू ०३–५६४८–९३०० र ०८०–६८४२–२५५२ सार्वजनिक गरिएको छ ।

.