क्यान्सरविरुद्धको सम्भावित हतियार: आलुबखडा!

२० साउन २०८२, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२० साउन २०८२, मङ्गलवार

काठमाडौँ — आलुबुखरी (Plum) जस्तो सामान्य फल अब चिकित्सा विज्ञानमा क्रान्ति ल्याउने सम्भावनासहित अघि बढिरहेको छ। चीनको याङ्त्से नर्मल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सन् २०२४ मा गरेको अध्ययन अनुसार, आलुबुखरीमा पाइने पॉलीफिनोल नामक जैविक तत्वले फोक्सोको क्यान्सर कोष (A549) मा ‘अपोप्टोसिस’ नामक प्रक्रिया सक्रिय गराउँछ— जसले क्यान्सर कोष आफै मर्न थाल्छ। उल्लेखनीय कुरा के छ भने, यसले स्वस्थ कोषहरूलाई असर नगरी मात्र क्यान्सर कोषमा काम गर्छ।

त्यसपछि, अमेरिकाको टेक्सासस्थित A&M युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यसै तत्वलाई लिएर थप अनुसन्धान गरे, जसमा स्तन क्यान्सरका कोषहरूमा पनि समान प्रभाव देखिएको थियो। त्यस्तै, २०२2 मा अमेरिकाकै अर्को अनुसन्धानमा ग्लियोब्लास्टोमा (मस्तिष्कको घातक क्यान्सर) विरुद्ध आलुबुखरीबाट निकालिएको तत्व प्रभावकारी देखिएको थियो— उक्त अनुसन्धान Stem Cells International जर्नलमा प्रकाशित भएको थियो।

२०२५ मा पुनः चीनमा गरिएको एक अध्ययनमा, पॉलीफिनोलले कलेजो क्यान्सरको कोषहरूमा समेत असर देखाएको पुष्टि गरिएको छ। अझै सबै अनुसन्धानहरू in vitro (प्रयोगशाला) र in vivo (जनावर) परीक्षणमा सीमित छन्। वैज्ञानिकहरूका अनुसार यदि आगामी मानव परीक्षण (clinical trials) सफल भएमा, यो तत्वलाई क्यान्सरविरोधी औषधिका रूपमा सन् २०३५ तिर बजारमा ल्याउने सम्भावना रहेको छ।

हाललाई भने, यो फललाई वैज्ञानिकहरूले रोगप्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक स्रोतका रूपमा सिफारिस गरेका छन्। विटामिन, एन्टिअक्सिडेन्ट र एन्थोसायनिनले भरिपूर्ण आलुबुखरी स्वादिलो मात्र नभई सम्भावित जीवनरक्षक पनि बन्नसक्ने देखिएको छ।