होटल भियानाबाट ११ जुवाडे पक्राउ:खालमा भेटियो १३ लाख ६२ हजार पाँच सय रुपियाँ

१७ माघ २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
१७ माघ २०८०, बुधवार

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोका मगरले सञ्चालन गरेको होटल भियानाबाट नगदसहित जुवाडे पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले १३ लाख ६२ हजार पाँच सय रुपिया सहित ११ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 
पक्राउ पर्नेमा काठमाडौँ जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल र २८ वर्षीय किशोर अधिकारी,  चितवनका ४१ वर्षीय दीपक गुरुङ, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शङ्कर शाही र ३० वर्षीय राजु पन्त, रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङ छन्
ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए।