नेपालगन्जमा गाडीले ठक्कर दिँदा २ पैदल यात्रीको मृत्यु १ घाइते



काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु भएको छ भने ।अर्का एक जना घाइते छन् ।दुर्घटनामा मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह रहेकी छन्। अर्का एक पुरूषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिए।
दुर्घटनामा परी स्थानीय २५ वर्षीया साहाना शाह घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेपालगञ्ज – १८ कारकाँदोमा सु–प–प–०१००१ च ३४६४ नम्बरको गाडीले गएराति साढे १२ बजेतिर पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएको थियो ।
उनीहरू अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेको हुन सक्ने प्रहरीको अनुमान छ।
चालक कैलाली, लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा चालक पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।
तीव्र गतिमा गुडिरहेको गाडीको अगाडिको टायर पड्किएपछि सन्तुलन खलबलिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ।