सडकमा भेटिएका पशुचौपयालाई काञ्जी हाउस लैजान्छौ : मेयर बालेन

२२ कार्तिक २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ कार्तिक २०८०, बुधवार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा व्यवस्थापन गर्ने भएको छ।
सडामा भेटिएका गाई,बाछाबाछी संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ को कोपुगाउँ स्थित काञ्जी हाउसमा राख्ने भएको हो।
काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए।हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको समेत उनले बताए। "सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।"उनले भने
दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गरेको बताइएको छ।