जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या ३७ पुग्यो,

१८ कार्तिक २०८०, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१८ कार्तिक २०८०, शनिवार

काठमाडौं । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो भने भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीसम्मै यसको धक्का महसुस गराएको थियो ।
भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । उनले भूकम्पका कारण सडकहरू अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको पनि बताए । 
यसैगरी कुशे गाउँपालिका आठजनाको मृत्यु पुष्टि भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले जानकारी दिए । "अहिलेसम्म आठजनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेहरू पनि धेरै छन् । उद्धारको काम भइरहेको छ," उनले भने ।
भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । नगरपालिका मेयर रवि केसीले अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको र उद्धार भइरहेकाले अझै बढ्न सक्ने जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म झन्डै ५० जना घाइते भएको पुष्टि भएको छ ।
"अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । ५० जना घाइते छन् । हामी उद्धारमै छौँ । अझै बढ्ने देखिन्छ," उनले भने ।