रोमानिया पठाउछु भन्दै २१ लाख बढि ठग्ने दोलखाका ढालबहादुर बुढाथोकी काठमाडौमा पक्राउ
१९ पुष २०८०, बिहिवार
राम्रो पोष्ट

-1704283638-01-thumb_840_560.jpg)

काठमाडौं । २१ लाख ३६ हजार रूपैयाँ ठगेको आरोपमा दोलखाका ढाल बहादुर बुढाथोकी पक्राउ परेका छन्।
हाल काठमाडौं महानगरपालिका २४ बस्ने ५० वर्षीय बुढाथोकी रोमनीया पठाउछु भन्दै ठगेको आरोपमा पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो असनबाट पक्राउ गरेको हो।
उनी विरूद्ध मिलन नेपाली सहित १४ जनाले वैदेशिक रोजगार विभागमा ठगीको उजुरी दिएको अपराध अनुसन्धान कार्यालयको प्रवक्ता सुचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए।
उनीहरूलाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ती ६ लाखसम्म लिएको उजुरी परेपछि बुढाथोकीलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ गरेको बुढाथोकीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।