एलियन खोज्न चीनमा निर्माण भइरहेको संसारकै ठुलो टेलिस्कोप

१९ असार २०८२, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१९ असार २०८२, बिहिवार

चीनले शिनजियाङ प्रान्तको किटाइ काउन्टीमा हाल निर्माण गर्दै गरेको ‘Qitai Radio Telescope’ ले ब्रह्माण्डीय अनुसन्धानमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

एक सय १० मिटर व्यासको यो टेलिस्कोप पूर्ण रूपमा घुमाउन सकिने संरचनासहित निर्माण भइरहेको छ। जसले आकाशका जुनसुकै दिशाबाट आउने सूक्ष्म रेडियो संकेतहरू टिप्न सक्छ।

सन् २०२२ मा सुरु भएको यसको निर्माण कार्य २०२८ सम्म सम्पन्न गर्ने लक्ष्य छ।

QTT को प्रमुख उद्देश्यहरूमा फास्ट रेडियो बर्स्ट FRB), पल्सार, र डार्क म्याटरको खोजी तथा अध्ययन रहेका छन्। साथै, यसले चन्द्रमा र मंगल ग्रहतर्फ हुने भविष्यका चिनियाँ अभियानहरूसँग गहिरो अन्तरिक्ष संचार कायम राख्न सहयोग गर्नेछ।

यसको अनुमानित लागत सार्वजनिक गरिएको छैन, तर यस परियोजनामा सयौं मिलियन अमेरिकी डलर बराबरको लगानी हुने अनुमान गरिएको छ।

यसअघि चीनले गुइझोउ प्रान्तमा विश्वकै सबैभन्दा ठूलो स्थिर रेडियो टेलिस्कोपFAST निर्माण गरी २०२० देखि पूर्ण सञ्चालनमा ल्याइसकेको छ। FAST सँगै QTT पनि सञ्चालनमा आएपछि चीन दुईवटा विशाल रेडियो टेलिस्कोप रहेको एकमात्र देश बन्नेछ, जसले उसलाई रेडियो खगोलशास्त्रको विश्व नेतृत्वमा अझ मजबुत बनाउनेछ ।

.