इजरायलर र इरानबाट फर्कन चाहने नेपालीहरुलाई अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान

४ असार २०८२, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
४ असार २०८२, बुधवार

काठमाडौं। इजरायल र इरानबीच युद्ध चर्किर्दै गएपछि दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई उद्धार गर्ने कामको प्रक्रिया अघि बढाएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको सुरक्षा,उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो । 

इजरायलमा विकसित पछिल्लो परिस्थितिकाबिच समस्या तथा त्रासमा रहेका नेपालीलाई आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि दूतावासले सूचना सङ्कलनको काम सुरु गरेको हो । 

अनलाइन रजिस्ट्रेसनमा फारम भर्ने प्रक्रियामा सहभागी हुन इजरायलमा रहेका नेपालीहरूलाई आग्रह गरिएको छ । 

सरकारको तथ्याङ्क अनुसार हाल इजरायलमा  ५ हजार भन्दा बढि नेपालीहरू छन् भने, इरानमा समेत १२ जना नेपाली छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरूको सुरक्षा तथा उद्धारको लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ ।

मंगलबार श्रम मन्त्रालयमा बसेको अन्तरमन्त्रालय तथा सरोकारवाला निकायबिचको बैठकमा आवश्यक परेको खण्डमा तत्काल उद्धार गर्न सकिनेगरी तयारी अवस्थामा रहने निर्णय गरेको हो ।

इजरायल र इरानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि विवरण फारम

 

.