गौरीशंकरको पहिरो पीडितलाई जापान र युएईमा रहेका दोलखालीबाट आर्थिक सहयोग

३ भदौ २०८०, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
३ भदौ २०८०, आइतवार

चरिकोट।दोलखाको गौरिशंकर गाउँपालिकाको पहिरो पीडितलाई “दोलखा समाज जापान”ले आर्थिक सहयोग गरेको छ ।
समाजले गाउँपालिकाको वडा नम्बर–७ र ८ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो।
सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा दोलखा (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलाई एक लाख ३५ हजार रुपियाँ  हस्तान्तरण गरेको दोलखा समाज जापनका अध्यक्ष रोशन थापाले जानकारी दिए।
“दोलखा समाज जापनको मुख्य उदेश्य भनेकै जापन वा दोलखामा रहेका दोलखालीहरुलाई आपत, बिपत्तमा सहयोग गर्नु रहेकोले पहिरो पीडितलाई सहयोग गरेका हौं ।” उनले भने, “यो सहयोगमा जापानमा विभिन्न क्षेत्रमा काम गरिरहेका साथीहरुले ठूलो मन गरेर सहयोग गर्नुभएको छ।”
दोलखा समाज जापनको सहयोग अभियानमा साथसहयोग गर्नुहुने सबै सहयोगीहरुलाई धन्यवाद दिँदै उनले भने “हामीले प्रकृति प्रकोप, दैवीप्रकोप लगाएतमा यसअघि पनि सहयोग गर्दै आएको र त्यसैको निरन्तरता गरेका हौँ।”
पहिरो पीडितहरुलाई राहत दिने उदेश्यले दोलखा समाज जापानले भदौ १ गतेसम्म चलाएको सहयोग अभियानमा एक लाख २५ हजार रुपियाँ संकलन भएको महासचिव नरायण खड्काले जानकारी दिए। समाजको तर्फबाट १० हजार यन थपेर एक लाख ३५ हजार सहयोग गरेको उनले बताए ।
सहयोग संकलनमा सबैभन्दा बढि नवराज थापाले ११ हजार पाँचसय यन सहयोग गरेका छन् भने अन्यले भने दुई हजार देखि १० हजारसम्म सहयोग गरेका छन्। अभियानमा ३१ जना दोलखालीले आर्थिक सहयोग गरेका थिए।
जनप्रतिनिधि राजनीतिक दलका नेता, नागरिक समाज, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमा दोलखाली समाज युएईले ५० हजार रुपैयाँ पहिरो पीडितलाई आर्थिक सहयो हस्तान्तरण गरेको छ । 
संयुक्त अरब ईमिरेट्समा रहेका नेपालिहरुले सो रकम पहिरो पीडितहरुलाई सहयोग गरेको  दोलखाली समाज युएईका संस्थापक उपाध्यक्ष पुष्कर कुमार अधिकारी बताए । 
दोलखाली समाज युएइले प्रकृति प्रकोप, दैवीप्रकोप लगाएतमा यसअघि पनि सहयोग गर्दै आएको र त्यसैको निरन्तरता गरेको उनले बताए।
साउन १८ गते राति परेको अविरल वर्षापछि आएको पहिरोमा परि वडा नम्बर–७ टोपटारका २ जना मृत्त फेला परेको छ भने, दुई जना अझै बेपत्ता छन्। पहिरोबाट वडा नम्बर– ८ स्थित ३४ घरका १ सय ३९ जना र वडा नम्बर–७ स्थित २२ घरका करिब ६० जना विस्थापित छन् ।
त्यसैगरि पहिरमा परि खसी, बोका, गाई, भैंसी, कुखुरा गरेर करिब पाँच सय पशु, चौपाया मरेका थिए।