दिदीबहिनी बिवाहा गर्छन् भन्दै तामाङ संस्कृति माथि धावा बोल्ने अधिवक्तालाई कारबाहीको माग

२२ साउन २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ साउन २०८०, सोमवार

चरिकोट । जनसंख्याको हिसाबले पनि नेपालमा मगर चौँथो र तामाङ पाँचौ ठूलो जाती हो ।
आदिम कालदेखि नेपालमा बसोबास गर्दै आएका यी जातीको आफ्नै भाषा, धर्म, संस्कृति अनि रीतिरिवाज छ।
तामाङ त झन् जन्मेदेखि अन्त्य सम्मनै आफ्नै संस्कारमा चल्ने जातीमा पर्छ। त्यसैले तामाङ जातीले अहिलेसम्म अरुको संस्कार अनि रीतिरिवाज सापटी लिनुपरेको छैन् र चोरेको पनि छैन्। बाइसे चौबिसे राज्य हुँदा थुप्रै ठाउँमा राजा गद्दी सम्हालेका तामाङ जातीको आफ्नो छुट्टै अस्तित्व अनि पहिचान छ।
तर हालै शितल भनिने भगवती पाण्डेले तामाङ तथा मगर जातीले आफ्नै दिदीबहिनी बिहे गर्छन् भनि बदनाम गरेकोमा उक्त समुदायले ध्यानाकर्षण मात्रै गराएको छैन कडा कार्वाहीको माग समेत गरेका छन्।
मोक्तान, घिसिङ, बोम्जन, ग्याबक, गोले लगाएत ९४ भन्दा बढी थर रहेको तामाङ जातीले थर क्रस गरेर मामा चेला, फुपू चेली बिबाह गर्नुलाई पाण्डेले गलत व्याख्या गर्दै तामाङ र मगर जातीको संस्कृति माथि धावा बोलेको भन्दै ध्यानाकर्षण गराएको हो।
अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग गर्दै नेपाल तामाङ घेदुङ र मगर संघ दोलखाले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानकर्षण गराएको छ ।
पाण्डेले श्रावण ७ गते एक टेलिभिजनद्वारा प्रशारित चिया गफ कार्यक्रममा तामाङ संस्कार, संस्कृतीको वारेमा गलत व्याख्या गर्दै तामाङ तथा मगर समुदाय माथि धावा बोलेकी थिइन।
विशेष गरी तामाङ समुदायलाई लक्षित गरी कपोकल्पित, भ्रमाक,  तथ्यहिन मनोगन्ते अभिव्यक्तिले आत्म सम्मान र प्रतिष्ठामा गम्भिर चोट पुर्याईएको भन्दै तामाङ सम्बद्ध विभिन्न संघ संस्थाहरुले पाण्डेलाई कार्वाही गर्नुपर्ने भन्दै विरोध गर्दै आएका छन्।
गत श्रावण १७ गते जिल्ला प्रहरी परिसर टेकुमा नेपाल तमाङ घेदुङ र नेपाल मगर संघले धर्ना दिएका थिए।
उक्त एक घण्टे धर्ना कार्यक्रमलाई शान्ति पूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावाश्यक वल प्रयोग गरी चार दर्जन भन्दा वढी पक्राउ गरेका थिए।
साथै लाठी चार्ज र रडले समेत हानेक भन्दै संघले सोमबार  देश भरीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाल तमाङ घेदुङ र नेपाल मगर संघले विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन वमोजिम हदै सम्मको सजाय माग राखेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा हस्तक्षप गरी घाईते बनाईएकोमा घाइतेहको उपचार संगै क्षतिपुर्ति र शान्तिपूर्ण धर्ना कार्यक्रममा वल प्रयोग गर्ने सुरक्षाकर्मी लाई कारवाहिको समेत माग गरेको छ।
संघहरुले यसअघि निजलाई अभिव्यक्ति सच्याउन पटक पटक आग्रह गरेका थिए।
तर अटेर गरेपछी गत श्रावण ९ गते कार्वाहीको माग गर्दै टेकुमा उजुरी दर्ता गरिएको भएपनि लामो समयसम्म निजलाई पक्राउ नगरेपछी वाध्य भई आन्दोलन गर्नु परेको तामाङ घेदुङ दोलखाका अध्यक्ष नविन कुमार लामाले बताए । "तामाङको नाक थेप्चो होलारे, आँख चिम्रो होलारे भोलि सीतल पान्डेको जस्तो लामो नाक र ठुलाठुला गेडो भऐको आँखा भएन भन्दै अपरेसन गरेर मिलाउँ भन्नलन्" अध्यक्ष लामाले भने। शारीरिक, मानसिक र सांस्कृतिक रुपमै फरक रहेको समुदायमा अनावश्यक खिसिटिउरी राम्रो नभए बताउदै अध्यक्ष लामाले भने "१२५ भन्दा बढी जातजाति रहेको नेपालमा सबैको आआफ्नै संस्कार रीतिरिवाज छ। यसरी एकले अर्कोको संस्कारमा धावा बोल्दै जाने हो भने बहुसंस्कृतिक समाजमा कहिल्यै शान्ति हुन्न।" आफ्नै मात्रा जाती, धर्म, भाषा अनि  संस्कृति राम्रो अरुको सबै बेठिक भन्ने पाण्डेले जातीय सद्भाव  भड्काउने काम गरेकोले कार्बाही हुनुपर्ने बताए।