दोलखाको मार्बु र खारेमा पहिरोले ७ घर बगायो, ३ भन्दा बढी बेपत्ता



चरिकोट । दाेलखाकाे गाैरीशङ्कर गाउँपालिका वडा नम्बर -७ मार्वु र वडा नम्बर -८ खारे आसपास पहिराेले ७ घरमा क्षति पुर्याएको छ। पहिरोमा ४ जना बेपत्ता भएकाे अनुमान गरिएको छ।
पहिरोले मार्वुको टोपाटार र खारेको सल्ले स्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ भने केही पशु चाैपाया पनि क्षति पुर्याएको वडा नम्बर - ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए।
पहिरोमा परेका टोपाटार स्थित यज्ञ थामी, उनकी श्रीमती र अर्का एक जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ। बेपत्ताको परिचय खुल्न सकेको छैन ।
घट्नाको बिस्तृत बिवरण आउन बाँकी रहेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घट्नास्थलमा प्रहरी खटिईसकेपनि बाटो अबरुद्ध भएका कारण पुग्न सकेको छैन । बिहीबार दिउँसो देखि परेको अबिरल वर्षाका कारण सो क्षेत्रमा पहिरो गएको हो ।
पहिरोले मार्बु र खारे जोड्ने टोपाटरको झोलुङ्गे पुल र आसपासको घर समेत बगाएको छ।