सरकारी कार्यालहरु अन्यत्र सार्दा चरिकोट सुनसान भयो भन्दै तालाबन्दी

१६ साउन २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
१६ साउन २०८०, मङ्गलवार

दोलखा। पछिल्लो समय दोलखा सदरमुकामको चहलपहलमा कमि आएको मात्रै छैन् सुनसान नै बन्न थालेको छ।
बजार नै सुनसान हुन थालेपछि होटल तथा व्यापार व्यावसाय देखि बैंक तथा अन्य वित्तीय संस्थामा समेत आर्थिक समस्या उत्पन्न हुन थालेको छ।
बजार सुनसान हुनुको पछाडि धेरै कारणहरु मध्ये एक चाहिँ यहाँका सरकारी कार्यालयहरु अन्यत्र लैजानुपनि पर्छ।
यसअघि यहाँ रहेका चल्तीका सरकारी कार्यालयहरु छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछाप लगाएतमा सारिसकेका छन्। यसो गर्दा दोलखाबासीको घरआँगनको सेवा सुविधा दुई दिनसम्म लाग्ने भएपछि दोलखालीहरु जनप्रतिनिधिहरुमाथि आक्रोश पोख्छन्।
यसै क्रममा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे कार्यालय समेत रामेछाप सार्ने निर्णय गरेपछि चरिकोट स्थित उक्त कार्यालयमा तालाबन्दी गरिएको छ।
यो कार्यालय अन्त सार्न पाइदैन भन्दै दोलखाका पत्रकार तथा नागरिक अगुवाहरुले उक्त कार्यालयमा मंगलबार तालाबन्दी गरेको हो।
चरिकोट बजारको सुस्ताउदो पनले हामीलाई त सधैं भरी पोलिरहेकोपनि बाकी रहेका कार्यालय अन्यत्र सार्न नदिनका लागि तालाबन्दी गरिएको नागरिक अभियानता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले बताए।
चरिकोट बजार र सिंगो नगरको चमक फर्काउने कुरा एकादेशको कथा जस्तै बनेको बताउँदै उनले भने "गह्रौ मन गरेर भन्नै पर्दा यो नगरका प्रमुख र सिंगो नगरको नेतृत्व जति निरिह र नालायक त आजसम्म कोही र कतै पनि देखेकै छैन् ।"
यसो भन्नु आफूजस्ता नगरबासीको बाध्यता भएको र नगरमा चहलपहल फर्काउने र नगरको हित गर्ने कुनै एजेण्डा उनिहरुसंग नरहेकोले बाध्य भएर तालाबन्दीमा उत्रेको उनले बताए।
केन्द्र सरकारले देशभरका जिल्लाहरु हेर्ने मध्ये १० ओटा जिल्लामा यस्ता कार्यालय घटाउने निति लिए अनुरुप दोलखाबाट यो कार्यालय उठेर रामेछाप जान लागेको हो। दोलखामा यो कार्यालयले किबि र आलु पकेट क्षेत्र लागु गरेर किसानलाई सहुलियत खालका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।