'लम्पी स्किन'ले किसानको गोठ रित्तिदै, ३ दर्जन बढि पशु मरे



चरिकोट । दोलखामा 'लम्पी स्किन' रोगका कारण करिब ३ दर्जन बढि गाईबस्तु मरेका छन्।
विशेषगरी गाईवस्तुमा लाग्ने यो रोगले हालसम्म ४२ वटा पशु मरेका छन् भने २ हजार ८ सय ९० वटा पशुहरु संक्रमित भएका छन् ।
भेटेरीेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका अनुसार भीमेश्वर नगरपालिकामा सबैभन्दा बढि पशुमा 'लम्पी स्किन' देखा परेको छ। यस नगरमा ५ सय ५६ पशुमा संक्रमण भएकोमा १४ पशु मरेका छन् ।
त्यसैगरी जिरी नगरपालिकामा १ सय १५ संक्रमण भएकोमा ४, तामाकोशीमा १ सय ९६ मा संक्रमण फैलिएकोमा ७ पशुको मृत्यु भएको छ । र बैत्यश्वरमा १ हजार ५ सय १२ पशु संक्रमण भएकोमा ७ पशु मरेका छन् ।
कालिञ्चोक गाउँपालिकामा भने १ सय ५४ पशुमा संक्रमण भएकोमा ४ मरेका छन् । विगुमा १ सय ५० मा संक्रमण फैलिएकोमा ५, र गौरीशंकरमा ९८ पशुमा संक्रमण भएकोमा १ पशु मरेका छन् ।
जिल्लाको शैलुङ गाउँपालिकामा १ सय ५० र मेलुुुुङ गाउँपालिकाका ५० पशुमा संक्रमण फैलिएको भएपनि मृत्यु भने भएको छैन्।
गत चैत महिनादेखि असारको दोस्रो सातासम्मको तथ्याङ्क अनुसार जिल्लाका ९० प्रतिशत गाईहरुमा संक्रमण फैलिएको छ भने १० प्रतिशत मात्रै भैंसीमा फैलिएको पाइएको छ ।
पशुमा 'लम्पी स्किन' महामारीको रुपमा फैलिँदा पनि स्थानीय सरकाबाट खासै सहयोग नपाएको किसानहरुको गुनासो छ।
रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले भने सबै पालिकाहरुमा खोप वितरण गरेको बताए।
घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ लागेका पशुमा उच्च ज्वरो आउने,दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् ।