जापान कान्तो क्षेत्रीय समितिमा सागर कार्कीको संयोजकत्वमा नयाँ कार्यसमिति

११ असार २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
११ असार २०८०, सोमवार

टोकियो । गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको ८ औँ अधिवेशन सम्पन्न भयो।

 

आईतबार टोकियो स्थित सिनओकुमा सम्पन्न अधिवेशनले सागर कार्कीको संयोजकत्वमा सर्वसम्मतिमा नयाँ कार्यसमिति गठन गरिएको छ। कार्यसमितिको उपसंयोजकमा दिपक सुवेदि ‘विप्लव’, सुरज केसी, अर्जुन तिवारी र महिला उपसंयोजकमा ईश्वरी अर्याललाई चयन गरिएको निर्वाचन मण्डलले जानकारी दिए ।

 

त्यसैगरी सचिवमा वासुदेव पन्त, सह-सचिवमा महेश श्रेष्ठ र गोमबहादुर बुढा तथा कोषाध्यक्षमा सोहन कुमार खत्री र सह- कोषाध्यक्षमा अनुप गौतम चयन भएका छन्। युवा संयोजकमा भने महेन्द्र केसीलाई चयन गरिएको छ। सदस्य तर्फ प्रमोद लोहनी, ज्योती रिजाल ढकाल, दिपेन्द्र गौतम, चण्डि प्रसाद कँडेल, किरण गौतम,विपिन श्रेष्ठ र एकराज तामांग चयन भएको नव निर्वाचित संयोजक कार्कीले बताए। निर्वाचन मण्डलका अनुसार गैरआवासिय नेपाली संघ जापान कान्तो क्षेत्रीय संयोजक पदमा सागर कार्कीलाई सर्वसम्मत चयन गर्दै संयोजकमा उम्मेदवारी दिएका निवर्तमान उपसंयोजक सुरेस केसीलाई केन्द्रिय समितिमा मनोनित गर्ने सहमती भएको छ। सबै क्षेत्रहरुमा सहमतीमा कार्यसमिति चयनको प्रयास भएता पनि कान्तो बाहेक अन्यत्र भने अझै सहमती जुट्न सकेको छैन ।

.