३७ वर्षपछि रेलभाडा बढ्ने, यामानोते लगायतका लाइनमा मार्चदेखि नयाँ दर लागू

१७ साउन २०८२, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१७ साउन २०८२, शनिवार

टोकियो, जापान —
JR East ले यामानोते लाइनसहितका रेलमार्गमा भाडा बढाउने अनुमति पाएको छ। सन् १९८७ मा स्थापना भएयता पहिलो पटक कम्पनीले सबै रूटमा भाडा बढाउँदैछ। नयाँ भाडादर आउँदो मार्चदेखि लागू हुनेछ।

अब १ देखि ३ किलोमिटर दूरीको रेलयात्राका लागि टिकटको सुरुको भाडा १५० येनबाट १६० येन हुनेछ। IC कार्ड प्रयोग गर्ने यात्रुहरूले पनि ८ देखि ९ येन बढी तिर्नुपर्नेछ।

कम्पनीले जनसंख्यामा कमी, मूल्य बढ्दो अवस्था र मर्मत खर्च धान्न नसकिने भएकाले यस्तो निर्णय लिनु परेको जनाएको छ।

सामान्य टिकटको भाडा औसत ७.८ प्रतिशतले बढ्नेछ। कम्युटर पासको भाडा १२ प्रतिशत र विद्यार्थी पासको भाडा ४.९ प्रतिशतले बढ्नेछ।

 

JR East ले यो भाडा वृद्धिबाट बर्सेनि झण्डै ८८ अर्ब येन आम्दानी बढ्ने अनुमान गरेको छ।

.