जापानमा शौचालयमै स्वास्थ्य जाँच गर्ने ‘स्मार्ट ट्वाइलेट’ सार्वजनिक हुँदै!



टोकियो। अब शौचालयमै बसेर आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ। जापानको प्रमुख कम्पनी टोतो (त्इत्इ) ले यस्तो प्रविधि विकास गरेको छ, जसले पिसाब र दिसाको विश्लेषण गरेर प्रयोगकर्तालाई स्वास्थ्यसम्बन्धी सल्लाह दिन्छ। नेओरेस्ट एलएस–डब्लू LS‑W र एएस–डब्लू AS‑W नामका यी स्मार्ट ट्वाइलेटहरू २०२५ अगस्टबाट जापानी बजारमा उपलब्ध हुने भएका छन्। एलएस डब्लू को बाजर मूल्य कारिब पाँच लाख ४५ हजार पर्नेछ भने एएसडब्लूको मुल्य करिब चार लाख ९५ हजर पर्नेछ।स्मार्टफोन एपसँग जडान हुने यी ट्वाइलेटहरूबाट दैनिक बाथरूम गतिविधिलाई स्वास्थ्य डाटामा बदल्न सकिनेछ। यता अमेरिकाको Toi Labs कम्पनीले विकसित गरेको …TrueLooÚ नामक टॉयलेट सिट पनि बजारमा आउन लागेको छ, जसको मूल्य ३४९ डरल राखिएको छ। यसले कब्जियतदेखि रक्तयुक्त दिसासम्मको संकेत पहिचान गर्न सक्छ। स्वास्थ्य प्रविधिमा यस्तो कदमले अब अस्पताल नगइकनै घरमै रोग पहिचानको सम्भावना बढाएको छ ।