टोकियोमा गृष्मा पौड्यालको ‘संघर्ष १०१’ मुक्तक संग्रह विमोचित हुँदै



टोकियो–जापानमा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहिएकी गृष्मा पौड्यालको मुक्तक संग्रह ‘संघर्ष १०१’ को विमोचन समारोह जूलाई १९, (शनिबार) भोलि टोकियोमा आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र तनहुँ समाज जापानको संयुक्त आयोजनामा ‘मुक्तक महोत्सव २०८१’ अन्तर्गत शिन ओकुबोस्थित ‘सोलमारी मुरा हल’ मा कार्यक्रम हुने तय भएको छ ।
एक सय २१औं भानु जयन्ती को अवसर पारेर आयोजना हुन लागेको उक्त कार्यक्रममा पौड्यालको पहिलो कृति ‘संघर्ष १०१’ विमोचन गरिनेछ, जसमा १६१ वटा मुक्तक रहेको साहित्यकार गृष्मा पौड्यालले बताइन्।
दुई दशकभन्दा बढी समयदेखि जापानमा रहेर साहित्य लेखनमा समर्पित पौड्यालका रचनाहरू जापन र नेपालका विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रस्टिको बोर्ड सदस्य समेत हुन्।
कार्यक्रममा जापानस्थित साहित्यिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहनेछ। बिहान ११ बजे सुरु हुने कार्यक्रममा मुक्तक वाचन, विमोचित कृतिमाथिको टिप्पणी र सांगीतिक प्रस्तुति पनि समावेश गरिने आयोजकले जानकारी दिएको छ ।