अध्यक्षमा लामिछाने र श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा खरेल र ‘गैरे’ शर्मा प्रतिस्पर्धासहित एनआरएनए जापानको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक !



टोकियो — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको १२ औं महाधिवेशनअन्तर्गत हुने आगामी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
निर्वाचन समितिका प्रमुख तिलक मल्लका अनुसार संघको विधान, निर्वाचन निर्देशिका २०२५ र कार्यविधिअनुसार तोकिएको म्यादभित्र परेका उम्मेदवारीमध्ये प्रारम्भिक छानबिनपछि योग्य उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको हो।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता मिति जुलाई १६ तारिख बिहान ९ बजेदेखि राति १० बजेसम्मका लागि निर्धारण गरिएको थियो। सो अवधिमा विभिन्न पदका लागि दर्जनौँ उम्मेदवारको मनोनयन परेको हो।
प्रकाशित सूची अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदमा आवश्यक ८ स्थानका लागि १० जनाको उम्मेदवारी परेको छ। कृष्ण केसी, टिकाराम कँडेल, रामबहादुर खत्री (अर्जुन केसी), शिवहरि पौडेल, यादुराम सापकोटा, विजय कार्की, राजकुमार अधिकारी, सुमन कार्की, रामबहादुर थापा र मनोज खड्का यस पदका प्रतिस्पर्धी हुन्।
अध्यक्ष पदमा सुवास लामिछाने र सिद्धार्थ श्रेष्ठ दुई उम्मेदवार मैदानमा छन् भने वरिष्ठ उपाध्यक्षका लागि टिकाराम खरेल र कृष्ण गैरे शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्। लेखा, अनुगमन तथा अनुशासन संयोजक पदमा सचिन श्रेष्ठ र बुद्धिराज घिमिरेबीच प्रतिस्पर्धा हुनेछ।
महिला उपाध्यक्ष पदमा अञ्जु भण्डारी निर्विरोध देखिएकी छन्। त्यसैगरी महिला सचिवमा ललिता तामाङ, महिला संयोजकमा मञ्जु बन, महिला सदस्यमा ईश्वरी अर्याल र महिला संयुक्त कोषाध्यक्षमा कामना भण्डारी एकल उम्मेदवारका रूपमा देखिएका छन्।
क्षेत्रीय उपाध्यक्ष पदमा विष्णुप्रसाद सुवेदी र हरिप्रसाद कँडेलले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्ष पदका लागि ६ जनाले प्रतिस्पर्धा गरेका छन्, जसमा मुक्तिराम खनाल (विनोद), दीपक सुनार, दिलीप कँडेल, नारायण सुवेदी, दिपेश खत्री (केसी) र रुद्र मल्ल (मनोज) छन्।
महासचिव पदमा विश्वास गौतम (खगराज) र श्यामकुमार श्रेष्ठ (श्याम शितल) प्रतिस्पर्धामा छन् भने खुला सचिव पदमा ५ जनाको उम्मेदवारी परेको छ। नेत्र पाण्डे, डिल्लीराम सापकोटा, विवेक बुढाथोकी, विनय गुरुङ र दिनेश लोहनी यस पदका आकांक्षी हुन्।
कोषाध्यक्ष पदका लागि मुक्तिराज रेग्मी, राकेश लामा र कृष्णप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन्। सहकोषाध्यक्षमा भेषनाथ गौतम (कृष्ण) र रामु कँडेलबीच प्रतिस्पर्धा हुनेछ। क्षेत्रीय सहकोषाध्यक्षमा सन्दिप जीसी, नसिर्दिना मिया र रमेश गिरी छन्।
युवा संयोजक पदमा पनि चासो बढ्दो छ। यस पदमा दीपक बुर्जा मगर, समिर खड्का, ध्रुव गौतम र रञ्जित महर्जनको उम्मेदवारी परेको छ। क्षेत्रीय सचिव पदमा सागर कार्की र ज्ञानेन्द्र भट्ट प्रतिस्पर्धामा छन्।
सदस्य पदमा भने अत्यधिक भिड देखिएको छ। आवश्यक संख्या ९ मात्र भए पनि कुल ३१ जनाको उम्मेदवारी परेको छ । नामावलीमा कमलेश जीसीदेखि अरुण खड्कासम्मका उम्मेदवारहरूको नाम समावेश गरिएको छ।
त्यस्तै, लेखा परीक्षण तथा अनुशासन समिति सदस्यका लागि कृष्णप्रसाद कँडेल र अशोक निरौलाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको नामावलीमा परेका विरुद्ध उजुरी, दावी वा विरोध राख्न जुलाई १८ तारिख (शुक्रबार) सम्मको समय दिइएको छ। सो अवधिमा प्राप्त उजुरीमाथि आवश्यक छानबिन गरी अन्तिम उम्मेदवार नामावली जुलाई २० तारिख (आइतबार) प्रकाशित गरिनेछ।
समितिले निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।
सदस्य पदमा उम्मेदवरी दिएकाहरुको नामावलीः
१. कमलेश जीसी
२. सुवास गौतम
३. विजय बस्नेत
४. सन्तोष थापा मगर
५. लक्ष्मण भट्ट
६. सुरज आचार्य
७. दुर्गा शर्मा
८. रुद्रप्रसाद पाण्डे
९. राजु कार्की
१०. नवीन थापा
११. विष्णु अर्याल
१२. सूर्य प्रसाद अधिकारी
१३. रविन कट्टेल
१४. महेश आचार्य
१५. राजु श्रेष्ठ
१६. रमेश तामाङ
१७. प्रेम केसी
१८. विष्णुप्रसाद न्यौपाने
१९. शिव खनाल
२०. शंकर बस्नेत
२१. बिष्णु गिरी
२२. बिनोद चौधरी
२३. सन्तोष चौधरी
२४. सुरज राई
२५. भुवन पाण्डे
२६. अनिल अधिकारी
२७. विश्व गुरुङ
२८. अनिल वली
२९. पुष्कर सापकोटा
३०. ज्ञानेन्द्र अधिकारी
३१. अरुण खड्का