एनआरएनए आईसिसि सदस्यमा व्यवसायी शिवहरी पौडेलको उम्मेदवारी

१ साउन २०८२, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ साउन २०८२, बिहिवार

टोकियो — जापानमा लामो समयदेखि बसोबास गर्दै आएका सफल र सम्मानित व्यवसायी शिवहरी पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी दिएका छन्।

उनले यही जुलाई १७ (बुधबार) का दिन आधिकारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

विगत २०११ देखि एनआरएनए अभियानमा निरन्तर संलग्न रहँदै आएका पौडेल जापानको नेपाली समुदायमा “विश्वासिलो नेतृत्व” र “सक्रिय समाजसेवी” को रूपमा चिनिन्छन्।

उनी एनआरएनए जापानको डेलिगेट, सल्लाहकारदेखि लिएर विभिन्न महत्त्वपूर्ण भूमिकामा रहिसकेका छन्। त्यस्तै, उनी हाल नेपाली व्यवसायी संघ जापानका उपाध्यक्ष हुन्।

जापानमा उनको होटल, पसल, फुदोसन (रियल स्टेट) लगायत दर्जनभन्दा बढी क्षेत्रमा सफल व्यवसाय सञ्चालनमा रहेको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने शिवहरीले “सफा नियत, स्पष्ट दृष्टिकोण र समावेशी सोच” बोकेर यसपटक आइसीसी सदस्यको लागि प्रतिस्पर्धा गरेका हुन् ।

उनको उम्मेदवारीसँगै नेपाली समुदायभित्र सकारात्मक हर्ष, समर्थन र अपेक्षा एकैसाथ देखिएको छ ।

गैरआवासीय नेपाली संघ, जापानमार्फत आइसीसीमा प्रतिनिधित्व गर्ने सदस्य संख्या आठजना रहनेछ । यही जुलाई २७ मा हुने निर्वाचनबाट प्रतिनिधिहरू चयन गरिनेछ, जसले आगामी अक्टोबरमा हुने एनआरएनए अन्तर्राष्ट्रिय निर्वाचनमा भाग लिन पाउनेछन्।

शिवहरी पौडेलले उम्मेदवारी दर्तापछि छोटकरीमा भने —“म सम्पूर्ण नेपाली समुदायको साथ, सुझाव र समर्थन लिएर अघि बढ्न चाहन्छु। एनआरएन अभियानलाई अझ परिणाममुखी र समावेशी बनाउने मेरो लक्ष्य छ।”

.