टोकियोमा तीज फेस्टिभल २०२५ हुँदै, प्रवेश निशुल्क



टोकियो। जापानको राजधानी टोकियोमा नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर ‘Teej Festival Tokyo 2025’ आयोजना हुने भएको छ। कार्यक्रम अगस्ट २३ र २४ तारिख (शनिबार र आइतबार) शिन्जुकुस्थित तोयामा पार्कमा हुने आयोजकले जनाएका छन्।
SMYG E–Group को आयोजनामा हुन लागेको फेस्टिभलमा नेपालका चर्चित कलाकारहरू तथा जापानस्थित स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रम बिहान १० बजेबाट सुरु भई साँझ ६ः३० बजे सम्म सञ्चालन हुने छ।
फेस्टिभल स्थल Toyama Park, 3-5-1 Okubo, Shinjuku-ku, Tokyo 169-0072 मा रहेको छ। नजिककै स्टेशनहरूमा व्च् यामानोते लाइन अन्तर्गत शिन–ओकुबो र टाकादानोबाबा स्टेशनहरू रहेका छन्, जहाँबाट ५ मिनेटको पैदल दूरीमा पुग्न सकिन्छ।
संस्कृति, गीत–संगीत र मनोरञ्जनको संगम रहने उक्त तीज महोत्सवमा प्रवेश निःशुल्क छ। आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आग्रह गरेका छन्।
थप जानकारीका लागि सम्पर्कः
📱 ०९०–६०९५–५७१२
📱 ०९०–६९३९–८८०६
📱 ०८०–५४५९–७८५७
📱 ०९०–१८१६–४७६७