जापान तातियो, ४ वृद्धाको मृत्यु, अस्पताल भरिँदै



टोकियो, जापान । जापानभरि विशेषगरी पश्चिमी क्षेत्रका सहरहरूमा अत्यधिक गर्मीको लहर चलिरहेको छ। मौसम विभागका अनुसार पछिल्लो सातादेखि देशभर तापक्रम तीव्र रूपमा बढिरहेको छ भने केही सहरमा ३७ डिग्री सेल्सियसभन्दा माथिसम्म पुगेको छ ।
जापान मौसम विभागका अनुसार जुन २९ तारिखमा फुकुओकाको कुरुमे सहरमा ३७ डिग्री, सागा, यामागुची, ओकायामा, क्योतो र साईताको कुमागायामा ३६ डिग्री, भने कुमामोतो, ताकामाचु, ओसाका र फुकुसिमाजस्ता क्षेत्रमा ३५ डिग्री तापक्रम मापन गरिएको छ ।
अत्यधिक गर्मीका कारण जभबतकतचयपभ (तातोपनले लाग्ने घातक अवस्था) बढ्दै गएको र अस्पतालको आकस्मिक सेवामा भार परेको बताइएको छ।
मृत्यु र बिरामीको संख्या चिन्ताजनक
जापानको अग्नि तथा विपद् व्यवस्थापन विभाग FDMA का अनुसार, १६ देखि २२ जुन २०२५ को बीचमा मात्रै ८,६०३ जना मानिसलाई गर्मीजन्य समस्याका कारण आपतकालीन उपचारका लागि अस्पताल पुर्याइएको छ।
यसमध्ये १७ जुनमा मात्र १,७९३ जना बिरामी भएका थिए ।
सोहि दिन कानागावा, सिजुओका, साइतामा र गुन्मा प्रान्तका ४ जना वृद्ध महिलाहरूको मृत्यु भएको पुष्टि गरिएको छ ।
त्यस्तै, श्रम मन्त्रालयका अनुसार सन् २०२५ को सुरुदेखि अहिलेसम्म काम गर्ने क्रममा गर्मीजन्य समस्याबाट १,२५७ जना बिरामी भएको र जसमध्ये ३१ जनाको मृत्यु भइसकेको छ ।
कसलाई बढी असर?
विशेषज्ञहरूका अनुसार, गर्मीले सबै उमेर समूहलाई असर गरे पनि वृद्ध, बालबालिका, गर्भवती महिला, र दीर्घरोगीहरू बढी जोखिममा छन्।
तिनीहरूको शरीरले ताप सन्तुलन कायम गर्न नसक्ने हुँदा जभबतकतचयपभ को सम्भावना उच्च हुन्छ ।
बाहिरी क्षेत्रमा काम गर्ने मजदुरहरू (निर्माण, कृषि), मोटोपन, उच्च रक्तचाप वा मधुमेह भएका व्यक्तिहरू पनि जोखिममा छन्।
Heatsroke का मुख्य लक्षणहरू
शरीरको तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नु
अत्यधिक थकान, टाउको दुख्ने, झन्झनाउने
वाकवाकी, चक्कर लाग्ने
छालामा पसिना नआउनु वा अत्यधिक सुक्खा हुनु
चेतना गुम्ने वा मानसिक गडबडी देखिनु
यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल पुर्याउनुपर्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।
बच्ने उपाय
जापान मौसम विभागले अत्यधिक गर्मीको जोखिमबाट बच्न निम्न सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ :
१. पर्याप्त मात्रामा पानी पिउनुपर्ने – डिहाइड्रेसन हुन नदिने।
२. सिधा घाममा लामो समय नबस्ने – टोपी, छाता वा सनग्लास लगाउनुपर्ने।
३. घर भित्र पनि तातो बढ्न सक्ने भएकोले हावायुक्त वा एसी भएको स्थानमा बस्नुपर्ने।
४. हलुका र खुकुलो कपडा लगाउने
५. वृद्ध, बालबालिका र बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्छ
६. घाममा काम गर्दा बीचबीचमा विश्राम लिने र सकेसम्म बिहान–साँझ मात्र बाहिर काम गर्दा राम्रो
गम्भीर अवस्था आएमा
यदि कसैमा Heatsroke को लक्षण देखिएको छ भनेः
तुरुन्त चिसो स्थानमा लैजाने र शरीरमा चिसो पानी छर्कने वा तौलिया प्रयोग गर्नसकिने। त्यसगैगरि छिटोछरितो एम्बुलेन्स बोलाउन (जापानमा ११९) मा फोन गनुपर्ने।