७१ औं विश्व सुन्दरी प्रतियोगिता भारतले आयोजना गर्ने

२९ जेठ २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार

काठमाडौं । भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) २०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको घोषणा गरेको हो ।

 

भारतमा हुने ग्राण्ड फिनालेले परोपकारी कार्यलाई बढावा दिंदै, प्रतिस्पर्धीलाई उनीहरूको समुदायमा सकारात्मक प्रभाव पार्न र समाजमा योगदान पुर्‍याउन प्रेरणा दिने आशा लिएको अर्गनाइजेसनले जनाएको छ । भारतबाट बलिउड अभिनेत्रीहरु ऐश्वर्या राय, प्रियंका चोपडा, मानुषी छिल्लर, युक्ता मुखेले यसअघि मिस वल्र्डको ताज जितेका छन् ।

 

आगामी नोभेम्बर र डिसेम्बर महिनामा फिनाले आयोजनाको तयारी भइरहेको छ । भारतको पर्यटकीय थलो गोवामा फिनाले हुने अनुमान छ । एक महिना लामो अवधिमा सहभागीले विभिन्न राउण्डको प्रतिस्पर्धा गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।