पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षा, २८ जनाको मृत्यु

२९ जेठ २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार

काठमाडाैं । पाकिस्तानमा भीषण वर्षाका कारण २८ जनाको मृत्यु भएको छ । शनिबार रातिको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको हो । १४० भन्दा बढी घाइते भएका छन् ।

 

वर्षाका कारण धेरै घर भत्किएका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीलाई निर्देशन दिएका छन् ।

 

सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

 

पञ्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ ।

.