जापानमा रास्वपाले क्यालेन्डर बाडेर शुभकामना आदानप्रदान गरे

२६ पुष २०८०, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२६ पुष २०८०, बिहिवार
टोकियो।
अंग्रेजी नयाँ वर्ष सुरु भएसंगै रास्वपाले जापानमा क्यालेन्डर बाडेर शुभकामना आदनप्रदान गरेका छन्।
प्रवास नेपाली सम्पर्क बिभाग जापान कान्तो क्षेत्रीय समिति ले मंगल सन २०२४ को क्यालेन्डर बाडेर शुभकामना आदानप्रदान गरेका हुँन।
प्रवास नेपाली सम्पर्क बिभाग जापन कान्तो क्षेत्रीय सभापति कमल बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए आईसिसि उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापान निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल, प्रवास नेपाली सम्पर्क विभाग नेपाल केन्द्रीय समिती सह–संयोजक केशब अधिकारी, प्रवास नेपाली सम्पर्क विभाग जापान केन्द्रीय सभापति दिलेन्द्र प्रसाद जोसीको उपस्थिति थियो।
त्यसैगरी एनआरएनए कान्तो सह–संयोजक दिपक सुबेदी ‘विप्लब’ एभरेष्ट ट्रेडका सिइओ एवम् रातोमाटो संचालक (मट्का) शिवहरी पौडेल, संगित कर्मी ईश्वरी गुरुङ र कान्तो क्षेत्रीय समितीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको प्रवास नेपाली सम्पर्क बिभाग जापन कान्तो क्षेत्रीय महामन्त्री बिशाल बिकेले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास नेपाली सम्पर्क विभाग नेपाल केन्द्रीय समिती सह–संयोजक केशब अधिकारीले रास्वपाले २०८४ मा एकल सरकार बनाउने गरी मिसन सुरु भएको बताए।
रास्वपाको अभियानलाई कुनैपनि दलले रोक्न नसक्ने बताउँदै उनले भने ‘रास्वपामा नेता र कार्यकर्ताबीच मिसन ०८४ को परिभाषा मिल्यो भने बहुमतको एकल सरकार बनाउन कुनै शक्तिले रोक्ने तागत छैन।’ यसका लागि असल मान्छेलाई रास्वपामा प्रवेश गराउनुपर्नेमा उनले सबैलाई आग्रह गरे।
त्यसैगरी रास्वपा प्रवाश नेपाली सम्पर्क विभाग जापानका केन्द्रीय सभापति दिलेन्द्र प्रसाद जोशीले मिसन २०८४ नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि भएको बताए। सही नेतृत्व छान्न सकियो भने मात्रै मुलुकमा परिवर्तन सम्भव हुने बताउदै उनले भने ‘नारा त यो देशमा सबैले लगाउँछन्,नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ ।’
सिन ओकुबो स्थित सोल्मारी रेस्टुरेन्ट हलमा सम्पन्न
कार्यक्रममा एनआरएनए आईसिसि उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापान निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल, एनआरएनए कान्तो सह–संयोजक दिपक सुबेदी ‘विप्लब’ लगाएतले शुभकामना मनतव्य राखेका थिए।
कार्यक्रममा ६० जना भन्दा बढिको उपस्थिति रहेको महामन्त्री बिकेले बताए।

 
Like
 
 
 
Comment
 
 
.