हानेदामा जापान एअर लाइन्सको विमान आगलागीबाट ध्वस्त, ३६७ यात्रु सुरक्षित

-thumb_840_560.jpg)

टोकियो। जापानको टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगलागी भएको छ।
होक्काइदोको चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमान अर्को बिमानसंग ठोक्किदा आगो लागेको हो ।
हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त विमानमा आगलागी भएको भएपनि विमानमा सवार सबै ३६७ यात्रुलाई आगो लागेको विमानबाट सफलतापूर्वक बाहिर निकालिएको जापानी प्रसारक एनएचकेले जनाएको छ।
आगो नियन्त्रणमा लिन ७० भन्दा बढी दमकल परिचालन गरिएको थियो।
प्रसारणकर्ताले तटरक्षक विमानका क्याप्टेन बाँचे तर चालक दलका पाँच सदस्य बेपत्ता रहेको बताए।
जापान एअर लाइन्सको विमान आगलागीबाट ध्वस्त भएता पनि कुनै मानविय क्षति नभएको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टीबीएस टेलिभिजनले जनाएको छ ।