जनक थोकरको प्रस्तुतिमा ‘काभ्रेली सम्दी’: युट्युबमा भाइरल, सामाजिक सञ्जालमा धमाका

३० असार २०८२, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
३० असार २०८२, सोमवार

जापान। नेपाली लोकसंगीतमा निरन्तर मौलिक र गुनस्तरीय सिर्जना पस्कँदै आएका जनक थोकरले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको लोकगीत ‘काभ्रेली सम्दी’ ले छोटो समयमा नै युट्युबदेखि टिकटकसम्म धूम मच्चाएको छ। 

जुन २३, २०२५ मा अडियो संस्करण सार्वजनिक भएपछि गीतले चुलिँदो लोकप्रियता कमाउँदै तीन हप्तामै ५ लाख ३९ हजारभन्दा बढी दर्शक संकलन गर्‍यो। 

त्यसैको निरन्तरतामा जुलाई १२ मा  सार्वजनिक अफिसियल म्युजिक भिडियोले पनि हालसम्म १ लाख ९ हजार भन्दा बढि भ्युज पाएको छ । 

‘काभ्रेली सम्दी’ जनक थोकरको युट्युब च्यानलमा आएको पछिल्लो प्रस्तुति हो, जसले दर्शकको अभूतपूर्व साथ पाएको छ। 

गीतमा कोसिस थोकर र जितु लोप्चनको स्वर छ भने शब्द, संगीत र एरेञ्ज कोसिस थोकरकै हुन्। 

पल्देन लामाको निर्देशनमा बनेको भिडियोलाई अनिल विष्टले सम्पादन तथा रङ संयोजन गरेका छन्। भिडियोमा किङ्ग राजा, पल्देन लामा, मीना गोले र सोम वाइबाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारका रूपमा कुइसाङ रुम्बा, बाशा मन्जन तामाङ, लोप्चन बोस, सबिन तामाङ, बुद्ध तामाङलगायतको उपस्थिति छ।

अडियो मात्र सार्वजनिक हुँदा नै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड लिएको थियो। टिकटक र फेसबुकमा हजारौं भिडियो र रिल्सहरू बन्न थाले, जसले जनक थोकरको युट्युब च्यानलमा गीतको पहुँच झन् फराकिलो बनायो। 

संगीतप्रतिको लगाव, मौलिकता र डिजिटल माध्यमको सशक्त प्रयोगमार्फत जनक थोकरले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन्।

उनको च्यानलले नयाँ पुस्ताको स्वाद र पुरानो लोकधुनको संयोजन गर्दै यस्तो सिर्जना ल्याएको छ, जसले मनोरञ्जन मात्र होइन, सांगीतिक मूल्य र नेपालीपनको स्वाद समेत बाँडेको छ।

 ‘काभ्रेली सम्दी’ यतिबेला नाचगान, रमाइलो र सांस्कृतिक मेलमिलापको प्रतीकजस्तै बन्न पुगेको छ, जसमा जनक थोकरको प्रस्तुति र प्लेटफर्मको योगदान विशेष छ।

.