नेकपा एमाले दोलखाको उपाध्यक्षमा राजेन्द्र मानन्धरको उम्मेदवारी

२४ माघ २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२४ माघ २०८०, बुधवार

दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखाको उपाध्यक्षमा राजेन्द्र मानन्धरले उम्मेदवारी घोषना गरेका छन्। यसअघि ९ औ जिल्ला अधिवेशनबा उपाध्यक्ष पदमा  विजयी भएका मानन्धरले पुनः सोहि पदमा उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकारिता क्षेत्रका दोलखाकै अब्बल पत्रकारको रूपमा स्थापित मानन्धरले २०४७ सालमा विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । मानन्धरले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै राजनीतिक यात्रा तय गरेका हुन्।अनेरास्ववियुको जिल्ला सचिव, अध्यक्ष र केन्द्रीय सदस्य बनेका मानन्धरले नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हालेका थिए । नेकपा माले र एमाले एकीकरण भएपछि मानन्धर एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्य हुँदै तत्कालीन जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा थिए । मानन्धर नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको दुई कार्यकाल अध्यक्ष भएका थिए । उनकै कार्यकालमा सुरुवात भएको महासङ्घको भवन निर्माण योजना अनुरूप महासङ्घले भवन बनाएर हाल प्रयोगमा छ ।पत्रकारिता विषयमा स्नातकोत्तर गरेका मानन्धर कान्तिपुर दैनिकको उपसम्पादक भएर करिब दुई दशक काम गरिसकेका छन् । दोलखाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका पार्वत गुरुङ भएको सचिवालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार विज्ञ भएर उनले काम गरी सकेका छन् ।कुशल संगठक र सबैलाई मिलाएर लान सक्ने खुवि भएका ईमान्दार र लोकप्रिय नेताका रुपमा मानन्धरलाई चिनिदै आएका छन् ।