जापानमा बसेर नेपाली संगीतमा तहल्का मच्चाउँदै जनक थोकर! ‘काभ्रेली सम्दी’पछि फेरि नयाँ गीत ‘कता कता मन परेको’ सार्वजनिक
राम्रो पोष्ट
१५ कार्तिक २०८३, आइतवार
टोकियो, जापान। जापानलाई कर्मथलो बनाएर बस्दै आएका गीतकार तथा संगीतकार जनक थोकर नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन्। विदेशमा रहेर पनि नेपाली संगीत सिर्जनालाई निरन्तरता दिइरहेका थोकरको नयाँ गीत ‘कता कता मन परेको, जस्तै गर्छन् फेरि...!’ सार्वजनिक भएको छ।
अक्टोबर २६, २०२६ मा युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायक अशोक मोक्तान र गायिका सुमिना लोको स्वर रहेको छ। गीतको शब्द रचना तथा संगीत जनक थोकर स्वयंले गरेका हुन्।
यसअघि पनि थोकरको सिर्जनामा थुप्रै गीत सार्वजनिक भइसकेका छन्। विशेषगरी उनको सिर्जनामा रहेको ‘काभ्रेली सम्दी’ गीतले निकै चर्चा र लोकप्रियता हासिल गरेको थियो। उक्त गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्युजसमेत प्राप्त गरेको छ।
त्यस्तै, थोकरकै प्रस्तुति रहेको ‘Hot Figure’ गीत पनि सेप्टेम्बर २७, २०२६ मा सार्वजनिक भएको थियो। उक्त गीतमा जनक थोकरको शब्द, कोशिश थोकरको संगीत तथा स्वर र सुमिना लोको सहायक स्वर रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका हुन्। सार्वजनिक भएको छोटो समयमै उक्त गीतले युट्युबमा एक लाखभन्दा बढी भ्युज प्राप्त गरेको युट्युब विवरणमा देखिन्छ।
पछिल्लो गीत ‘कता कता मन परेको’ मा थोकरको शब्द तथा संगीतसँगै अशोक मोक्तान र सुमिना लोको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ कार्साङ लामाले गरेका छन् भने स्टुडियो प्रोड्युसरको जिम्मेवारी जनक थोकरले नै सम्हालेका छन्।
जापानमा रहेर पनि नेपाली गीतसंगीतप्रतिको लगावलाई निरन्तरता दिँदै आएका थोकरले ‘काभ्रेली सम्दी’, ‘Hot Figure’ लगायतका सिर्जनामार्फत आफ्नो सांगीतिक यात्रा अघि बढाइरहेका छन्। प्रवासमा रहेर नेपाली गीतसंगीत सिर्जनामा सक्रिय उनको यो निरन्तरताले नेपाली संगीतप्रतिको समर्पणलाई समेत झल्काउँछ।
नयाँ गीत ‘कता कता मन परेको’ ले पनि नेपाली श्रोता तथा दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

राम्रो पोष्ट