१ वैशाख २०८३, सोमवार

भर्खरै

जापानको मितोमा अन्धाधुन्ध छुरा आक्रमणः सार्वजनिक स्थानमा आतंक, बृद्धसहित केहि घाइते

राम्रो पोष्ट १३ साउन २०८२, मङ्गलवार
जापानको मितोमा अन्धाधुन्ध छुरा आक्रमणः सार्वजनिक स्थानमा आतंक, बृद्धसहित केहि घाइते

मितो (जापान)।जापानको इबाराकी प्रिफेक्चरको मितो सहरमा सोमबार साँझ एक व्यक्तिले धारिलो हतियारसहित सार्वजनिक स्थानमा अन्धाधुन्ध आक्रमण गर्दा बृद्धसहित केहि घाइते भएका छन्।

साँझ ६ः१० बजेको समयमा मितो स्टेशनबाट करिब ७ सय ५० मिटर उत्तर–पश्चिममा अवस्थित किनमेल क्षेत्र नजिकै ४८ वर्षीय हिरोकाजु शियोबाराले आक्रमण गरेका हुन्।

जापानी सञ्चारमाध्यमका अनुसार उनले ७० वर्षका एक पुरुषको अनुहार र दाहिने हातमा छुरा प्रहार गरेका थिए। घटनापछि प्रहरीले उनलाई घटनास्थलमै नियन्त्रणमा लिएको छ। शियोबाराले आफूले आक्रमण गरेको स्वीकार गरिसकेको र प्रहरीका अनुसार यो घटना “अन्धाधुन्ध प्रकृतिको आक्रमण“ भएको हो।

आपतकालीन सेवामा आएको कलमा “सडकमा माचेते बोकेको व्यक्तिले मानिसलाई हानेको“ जनाइएको थियो। प्रत्यक्षदर्शीका अनुसार शियोबारासँग कम्तीमा तीनवटा धारिला हतियार थिए।

घाइते सबैलाई अस्पताल पुर्‍याइएको छ र सबैको अवस्था होसमा रहेको जनाइएको छ।

यही सप्ताहन्त मितो सहरमा हुन लागेको मितो कोमोन महोत्सवको तयारी चलिरहेका बेला भएको यो घटनाले स्थानीयवासीमा त्रासको वातावरण बनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट