१ वैशाख २०८३, सोमवार

भर्खरै

टोकियोमा गोप्य अनलाइन क्यासिनोमा प्रहरीको छापा, करोडौंको कारोबार, १२ जना पक्राउ

राम्रो पोष्ट १६ असार २०८२, सोमवार
टोकियोमा गोप्य अनलाइन क्यासिनोमा प्रहरीको छापा, करोडौंको कारोबार, १२ जना पक्राउ

टोकियो — जापानको राजधानी टोकियोको कबुकिचो क्षेत्रमा अवैध रूपमा सञ्चालन हुँदै आएको एक गोप्य अनलाइन क्यासिनो ‘राइजिन’ मा प्रहरीले छापा मारेको छ। जुन २५ को साँझ छापा मारेर ५ कर्मचारी र ७ ग्राहकसहित १२ जनालाई पक्राउ गरेको छ।

गोप्य कोड, अनुहार पहिचान र फलामाको ढोका पार गर्दै प्रवेश गरिने उक्त स्थलमा प्रहरीले झन्डै २० वटा कम्प्युटर बरामद गरेको छ, जसमा ५ हाजार भन्दा बढी ग्राहकहरूको विवरण भेटिएको छ ।

राइजिनले दैनिक लाखौं येनको जुवा कारोबार गरिरहेको अनुसन्धानबाट खुलेको थियो। एकजना आरोपी महिलाले मात्र क्यासिनोमा ८ करोड येन (झन्डै ७ लाख डलर) खर्च गरेको खुल्न आएको छ।

जापानको कानुन अनुसार, यस्तो अवैध जुवा कारोबार सञ्चालन गर्ने व्यक्तिलाई अधिकतम ५ वर्ष जेल वा ५ लाख येन जरिवाना, वा दुवै सजाय हुनसक्छ। जुवामा भाग लिनेहरूलाई पनि ३ वर्षसम्म कैद वा ५० हजार येनसम्म जरिवाना हुन सक्छ। पक्राउ परेकाहरू सबैले आरोप स्वीकार गरिसकेका छन् भने प्रहरीले अब अन्य ग्राहकहरूमाथि पनि अनुसन्धान थाल्ने तयारी गरेको छ। यस घटनाले जापानमा पछिल्लो समय बढ्दो अनलाइन जुवा गिरोहहरूको चिन्ता बढाएको छ।

सरकार हाल ओसाका–कान्साई विश्व प्रदर्शनी नजिकै कानुनी क्यासिनो रिसोर्ट निर्माणमा जुटिरहेको बेला, यस्तो अवैध कारोबारको खुलासा हुनुले अनलाइन जुवालाई वैधानिक बनाउने बहस फेरि चर्किने संकेत देखिएको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट