३२ चैत २०८२, आइतवार

भर्खरै

‘प्रथम नेपाल फेस्टिवल कान्साई–२०२५’ आजबाट, सम्पुर्ण तयारी पूरा

शनिबार र आईतबार दुई दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा हुने प्रथम नेपाल फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको हो ।

राम्रो पोष्ट १३ वैशाख २०८२, शनिवार
‘प्रथम नेपाल फेस्टिवल कान्साई–२०२५’ आजबाट, सम्पुर्ण तयारी पूरा

 

ओसाका– जापानको ओसाकामा आजबाट सुरु हुने ‘प्रथम नेपाल फेस्टिवल कान्साई–२०२५’ को सम्पुर्ण तयारी पूरा भएको छ ।

शनिबार र आईतबार दुई दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा हुने प्रथम नेपाल फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको हो ।

फेस्टिवलकालागि आकर्षक स्टेज, स्टलहरु लगाएत आवश्यक सम्पुर्ण  संरचनाको निर्माण कार्य सम्पन्न भएको एनआरएनए जापानका उपाध्यक्ष तथा फेष्टिवल मूल आयोजक समितिका संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो।

उहाँका अनुसार फेष्टिवलका लागि २२ वटा स्टल निर्मण गरिएको छ।

जसअनुसार रेष्टुरेन्ट व्यवसायीले १० वटा बुक गरेका छन् र नेपाली पसल तथा नाफामूलक सेवा प्रदायक संघसंस्थाहरुले १२ वटा बुक गरेका छन्।

विशेषगरि फेष्टिवलमा नेपालका विभिन्न जातजातिका झाँकी तथा संस्कृति प्रस्तुत गरिनेछ ।

त्यसैगरि नेपाली कला, संस्कृतिको प्रदर्शनीका साथै नेपाली टिपिकल खानका परिकार र सांगीतिक कार्यक्रम हुनेछ ।

सांगीतिक कार्यक्रममा नेपालका चर्चित गायक मिलान लामा, उर्गेन दोङ तथा जापान स्थिति नेपाली कलाकारहरुको प्रस्तुति रहने संयोजक गैरेले बताउनुभयो ।

फेस्टिवलले नेपालमा जापानी पर्यकको प्रवद्र्धन गर्नुका साथै नेपाल जापानबिचको मित्रतामा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

फेस्टिवलको आज जापान स्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले उद्घाट गर्ने  बताइएको छ।

बिहान १० बजेबाट साँझ ७ बजेसम्म हुने फेस्टिवलमा दैनिक १० हजार भन्दा बढि आगन्तुकको उपस्थिति  रहने अपेक्षा गरिएको छ।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट