१८ माघ २०८२, आइतवार

भर्खरै

शर्मिला वाइवालाई कस्ले हान्यो रड

वाइवा अरूको पारिवारिक मामिलामा समेत हस्तक्षेप गर्ने व्यवहारका लागि चिनिन्छिन्

राम्रो पोष्ट ४ वैशाख २०८२, बिहिवार
शर्मिला वाइवालाई कस्ले हान्यो रड

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि काठमाडौंमा रड प्रहार भएको छ। 

वाइवालाई बुधबार साँझ बौद्धमा रड प्रहार गरि घाइते बनाएको हो।

टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

वाइबा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चित छिन्। 

उनलाई प्रायः अरूको पारिवारिक मामिलामा समेत हस्तक्षेप गर्ने व्यवहारका लागि चिनिन्छिन्।

यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो। वाइबा र गौतम दुवै युट्युब तथा सामाजिक सञ्जालमा भाइरल नाम हुन्। आक्रमण गर्ने व्यक्ति वा समूह को हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट