३२ चैत २०८२, आइतवार

भर्खरै

१० अर्ब ५९ करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने तयारीमा

माथिल्लो तामाकोशीले शतप्रतिशत हकप्रद जारी गर्दै

राम्रो पोष्ट २२ असार २०८०, शुक्रवार
माथिल्लो तामाकोशीले शतप्रतिशत हकप्रद जारी गर्दै

दोलखा। धितोपत्र बोर्डले हकप्रद जारी गर्ने अनुमति दिएसंगै माथिल्लो तामाकोशीलाई हकप्रद निष्कासनको बाटो खुलेको छ।
बोर्डले शुक्रबार कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएपछि कम्पनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने बाटो खुलेको हो।
१० अर्ब ५९ करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने तयारीमा रहेकको कम्पनीमा प्रत्येक एक कित्ता हुने सेयरधनीले सोही बराबर हकप्रदका लागि आवेदन दिन मिल्नेछ। 
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले कायम सो चुक्ता पुँजी बराबरको हकप्रद जारी गर्ने तयारी गरेको छ। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
हकप्रदको रकम अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्नेछ। 
करिब चार वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको रोल्वालिङ निर्माणका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
माथिल्लो तामाकोसी आयोजनामा विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २-२ प्रतिशत, कर्मचारी सञ्चय कोषको १७.२८, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व छ।  आयोजनाको जडित क्षमता २२ मेगा वाट हुनेछ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट