१ वैशाख २०८३, सोमवार

भर्खरै

जापानी कलाकार केन्टो नागायामा गाँजाको आशङ्कामा पक्राउ

शुक्रबार बिहानै घरबाट पक्राउ

राम्रो पोष्ट १ असार २०८०, शुक्रवार
जापानी कलाकार केन्टो नागायामा गाँजाको आशङ्कामा पक्राउ

टोकियो। लोकप्रिय जापानी अभिनेता केन्टो नागायामा पक्राउ परेका छन् ।
माइनिची शिम्बुनका अनुसार उनलाई घरमा गाँजा राखेको आशंकामा आज पक्राउ गरिएको हो।
स्रोतका अनुसार अभिनेतालाई गत अप्रिलमा टोकियोको मेगुरो वार्डमा रहेको आफ्नो अपार्टमेन्टमा थोरै मात्रामा गाँजा राखेको आरोप छ।
महानगरीय प्रहरी विभागका अधिकारीहरूले उनलाई गाँजा नियन्त्रण ऐन उल्लङ्घन गरेको भन्दै शुक्रबार बिहानै उनको घरबाट पक्राउ गरेका हुन्।
३४ वर्षीय नागयामाले २००७ मा एक अभिनेताको रूपमा आफ्नो डेब्यू गरेका थिए।
र त्यस यता उनी २०१० मा रिलिज भएको चलचित्र "सोफुटोबोई" (सफ्टबल ब्वाईज) सहित धेरै चलचित्र र टिभि नाटकहरूमा देखा परे।
उनले उत्कृष्ट नयकको जापान एकेडेमी फिल्म पुरस्कार समेत जितेका छन्।
उनले हालै लोकप्रिय मङ्गा शृङ्खला "टोक्यो रिभेन्जर्स" बाट रूपान्तरित लाइभ एक्सन फिल्म "टोक्यो रिभेन्जर्स २: ब्लडी हेलोवीन - डेस्टिनी" मा केइसुके बाजीको भूमिका पनि निर्वाह गरेका छन्।
चलचित्र जुन ३० मा हलमा रिलिज हुने बताइएको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट