३२ चैत २०८२, आइतवार

भर्खरै

एनआरएनए जापानको निर्वाचन जुलाई २७ मा हुने, कार्यतालिका सार्वजनिक

दुई वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचन यही जुलाई २७ तारिख आइतबारका दिन सम्पन्न हुने भएको हो ।

राम्रो पोष्ट २९ असार २०८२, आइतवार
एनआरएनए जापानको निर्वाचन जुलाई २७ मा हुने, कार्यतालिका सार्वजनिक

टोकियो — गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२५ देखि २०२७ सम्मको दुई वर्षे कार्यकालका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

दुई वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचन यही जुलाई २७ तारिख आइतबारका दिन सम्पन्न हुने भएको हो ।

परिषद्को संशोधित विधान २०२४ को परिच्छेद २७१ बमोजिम आवश्यक कार्यविधि, आचारसंहिता र चरणगत तालिका सार्वजनिक गरेको छ । 

जसअनुसार उम्मेदवारी दर्तादेखि मतगणना र नतिजा सार्वजनिकसम्मका सम्पूर्ण कार्यतालिका तय गरिएको प्रमुख निर्वाचन आयुक्त तिलक मल्ले जानकारी दिनुभयो। 

उहाँका अनुसार निर्वाचन प्रक्रियालाई डिजिटल माध्यममार्फत पारदर्शी र मर्यादित बनाइने छ।

निर्वाचनको सम्पूर्ण व्यवस्थापन प्रमुख आयुक्त तिलक मल्लको नेतृत्वमा भइरहेको छ भने समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्य छन्। समितिले निष्पक्ष, स्वतन्त्र र भद्र तरिकाले निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचनमा सहभागी हुन चाहने उम्मेदवार तथा मतदाताहरूलाई तोकिएको समयभित्र सबै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

निर्वाचन कार्यक्रमको मुख्य बुँदाहरू यस्ता छन् :

निर्वाचन कार्यतालिका प्रकाशन – जुलाई १२

निर्वाचन निर्देशिका र आचारसंहिता सार्वजनिक – जुलाई १३

प्रारम्भिक मतदाता नामावली प्रकाशन – जुलाई १४

मतदाता नामावलीमा त्रुटि सच्याउन आवेदन – जुलाई १४

संशोधित मतदाता नामावली तथा दावी–विरोध प्रक्रिया – जुलाई १५

अन्तिम मतदाता नामावली प्रकाशन – जुलाई १५

उम्मेदवारी दर्ता – जुलाई १६

प्रारम्भिक उम्मेदवार सूची प्रकाशन – जुलाई १७

उम्मेदवार सम्बन्धी दावी–विरोध – जुलाई १८

अन्तिम उम्मेदवार सूची प्रकाशन – जुलाई २०

नाम फिर्ता लिने अन्तिम मिति – जुलाई २१

चुनावको लागि अन्तिम उम्मेदवार नामावली प्रकाशन – जुलाई २२

निर्वाचन (मतदान) – जुलाई २७, बिहान ९ बजेदेखि सुरु

मतगणना तथा परिणाम घोषणा – जुलाई २७ राति ८ बजेदेखि

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट