३२ चैत २०८२, आइतवार

भर्खरै

जापानको 'टोकारा' टापुमा ५.५ म्याग्निच्यूडको भूकम्प, दुई सातामै १ हजारभन्दा बढी भूकम्पका झट्का

राम्रो पोष्ट १९ असार २०८२, बिहिवार
जापानको 'टोकारा' टापुमा ५.५ म्याग्निच्यूडको भूकम्प, दुई सातामै १ हजारभन्दा बढी भूकम्पका झट्का

टोकियो । जापानको दक्षिणपश्चिममा पर्ने टोकारा टापु क्षेत्रमा पछिल्लो दुई सातायता भूकम्पीय गतिविधि तीव्र रूपमा बढिरहेको छ। 

बिहीबार दिउँसो ४ बजेर १३ मिनेटमा पनि उक्त क्षेत्रमा ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु कागोशिमा प्रिफेक्चर अन्तर्गत पर्ने टोकारा टापु श्रृंखलानजिक समुद्रको सतहभन्दा २० किलोमिटर गहिराइमा रहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।

भूकम्पले टोशिमा गाउँअन्तर्गत पर्ने अकुसेकी टापुमा जापानी भूकम्प तीव्रता मापन स्केल अनुसार “लोअर ६“ (६ कमजोर) स्तरको झट्का दिएको थियो।

यस स्तरको भूकम्पमा उभिएर बस्न कठिन हुने, र घरका छाना तथा झ्यालहरूमा क्षति पुग्ने सम्भावना हुन्छ।

यद्यपि, यो भूकम्पका कारण कुनै सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

टोकारा टापुहरू कागोशिमा प्रिफेक्चरअन्तर्गत पर्ने साना टापुहरूको श्रृंखला हुन्, जसको कुल क्षेत्रफल लगभग १ सय ४ वर्ग किलोमिटर छ। 

यी टापुहरू टोसिमा गाउँमा पर्छन् र केही टापुहरूमा मात्रै मानव बस्ती रहेको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार जुन २१ यता टोकारा क्षेत्रमा भूकम्पीय गतिविधि बढ्दै गएको छ। पछिल्ला दुई सातामा यहाँ एक हजार भन्दा बढी भूकम्पीय झट्का (तीव्रता १ वा सोभन्दा माथि) मापन भइसकेका छन्। सोमबार र बुधबार पनि यस क्षेत्रमा “लोअर ५“ स्तरका शक्तिशाली भूकम्प गइसकेका थिए।

टोकारा टापुमा केन्द्रविन्दु भएर गएको भूकम्पको प्रभाव कागोशिमा प्रिफेक्चरमा सबैभन्दा बढी परेको छ।

साथै, नजिकैका ओकिनावा, मियाजाकी र कुमामोटो प्रिफेक्चरका केही भागहरूमा पनि कम्पनको असर महसुस गरिएको थियो।

फुकुओका जिल्लाको मौसम विज्ञान कार्यालयले थप भूकम्प आउने सम्भावना रहेकाले स्थानीयवासीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट