३२ चैत २०८२, आइतवार

भर्खरै

गुरूङ समाज जापानको बारबेक्यू पार्टी जुन २९ तारिख आईतवार, सांस्कृतिक प्रस्तुति समेत रहने

राम्रो पोष्ट २८ जेठ २०८२, बुधवार
गुरूङ समाज जापानको बारबेक्यू पार्टी जुन २९ तारिख आईतवार, सांस्कृतिक प्रस्तुति समेत रहने

टोकियो। नेपाल गुरूङ समाज जापानले बारबेक्यू पार्टी अर्थात वनभोज तथा भेटघाट कार्यक्र गर्ने भएको छ।

संस्थाको प्रथम स्थापना दिवसको अवसरमा आउदो जुन २९ तारिख आईतवारका दिन समाजले वनभोज तथा भेटघाट कार्यक्रम–२०२५ गर्ने भएको हो।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको लाईभ म्यूजिक बाजा सहितको बेजोड सांस्कृतिक प्रस्तुति राखिएको गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो।

टोकियोस्थित खासाइ रिङ्काई पार्कमा हुने बारबेक्यू पार्टीमा सहभागिताको लागि पुरुषलाई ४ हजार र महिला तथा विद्यार्थीहरुलाई ३ हजार यन लाग्नेछ ।

कार्यक्रममा सहभागिहरुले पोलेको मासु, पिय पदार्थ नाँचगानदेखि बेजोड सांस्कृतिक प्रस्तुतिको मजा लिन सकिने छ।

याकिनिकु (ग्रिल्ड मासु) भनेर चिनिने जापानी बारबेक्यू पार्टीहरू गर्मी मौसममा जापानमा धेरै हुने गर्छ ।

यो घर बाहिर रमाइलो गर्ने र साथीभाइ तथा परिवारसँग रमाइलो गरि समय बिताउने तरिका पनि हो।

बारबेक्यूमा ग्रिल गरिएको मासु, साइड डिस र प्रायः विभिन्न प्रकारका पेय पदार्थहरू समावेश हुन्छन्।

पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीहरुले पनि यो पार्टी गर्दै आइरहेको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट