१ वैशाख २०८३, सोमवार

भर्खरै

पत्रकार महासंघ जापान शाखाको स्थापना दिवसमा फोटो तथा भिडियो पत्रकारिता तालिम

राम्रो पोष्ट २९ फागुन २०८०, मङ्गलवार
पत्रकार महासंघ जापान शाखाको स्थापना दिवसमा फोटो तथा भिडियो पत्रकारिता तालिम

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले १३अौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ।
स्थापना दिवसको अवसरमा महासंघले आइतबार चिवा स्थित हातेमालो हाउसमा फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु लगाएतका कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा ३० भन्दा बढि पत्रकारको सहभागिता रहेको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरीले जानकारी दिए।
पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको सहजिकरण प्राध्यापक डाक्टर तोसिआकी ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गरेको बताउँदै उनले भने "पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु आयोजना गरेका हौं।"
कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए।
तीन चरणमा संचालन गरिएको कार्यक्रमको सुरूमा पत्रकार महासंघ जापानको कार्यसमिति तथा सल्लाहकार सहितको बैठक रखिएको थियो ।
त्यसपछि फोटो तथा भिडियो पत्रकारिता तालिम र विविक्यू गरि कार्यक्रम सम्पन्न गरेका थिए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट