१ वैशाख २०८३, सोमवार

भर्खरै

जापानमा एनआरएनए ‘फुटसल रनिङ कप २०२४’ हुँदै:विनर टिमलाई पाँच लाख ५५ हजार पाँच सय ५५ यन पुरस्कार

राम्रो पोष्ट १ फागुन २०८०, मङ्गलवार
जापानमा एनआरएनए ‘फुटसल रनिङ कप २०२४’ हुँदै:विनर टिमलाई पाँच लाख ५५ हजार पाँच सय ५५ यन पुरस्कार

टोकियो। जापानमा ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिता हुने भएको छ । 
युवाका लागि खेलकूद भन्ने मुल नाराकासाथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा मार्च ३ आइतबारदेखि प्रतियोगिता हुने भएको हो।
चिवा स्थित जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने प्रतियोगिताका लागि जापानमा रहेका नेपाली फुटसल क्लबहरुले टिम दर्ता गराउने क्रम जारी रहेको आयोजकले जानकारी दिए। टिम दर्ताका लागि फेब्रुअरी २३ तारिखसम्म अन्तिम म्याद राखिएको छ ।
प्रतियोगितामा विनर हुने टिमले पुस्स्कार स्वरुप पाँच लाख ५५ हजार पाँच सय ५५ जापानी येन सहित रनिङ कप, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन्।
त्यसैगरि प्रतियोगितामा फस्ट रनर अप हुने टिमले तीन लाख ३३ हजार तीन सय ३३ जापानी येन सहित प्रमाण पत्र र ट्रफी पाउनेछन् भने सेकेन्ड रनर अप हुने टिमले एक लाख ११ हजार एक सय ११ जापानी येन सहित प्रमाण पत्र र ट्रफी पाउनेछन्। 
खेल सञ्चालनको क्रममा खेलाडीलाई अनुशासित र हौसला प्रदान गर्न द–फेयर प्ले अवार्ड टिमलाई ४० हजार यन प्रदान गरिनेछ।
त्यसैगरि वेष्ट प्लेयर, वेष्ट गोलकिपर, द–टप स्कोरर, द–वेष्ट कोच टिमलाई समेत १०/१० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने आयोकले बताएको छ।
प्रवासमा रहेका युवाहरुलाई खेल क्षेत्रमार्फत सामाजिक सेवामा सहभागी हुन उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्न प्रतियोगिता फलदायी हुनेमा आफू विश्वस्त रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए।
जापानका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरुलाई फुटसल प्रतियोगिताका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत उनले आग्रह गरे। 
एनआरएनए जापान आयोजक रहेको प्रतियोगिताको सह–आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा रहेको छ।
त्यसैगरि एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको सहयोगमा प्रतियोगिता हुने बतइएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट